सप्तकोसी नदीमा जेटबोट सञ्चालन पछि आन्तरिक र वाह्य पर्यटकको संख्यामा बृद्धी

<span class='c1'>सप्तकोसी नदीमा जेटबोट सञ्चालन पछि आन्तरिक</span> <span class='c2'>र वाह्य पर्यटकको संख्यामा बृद्धी</span>

उदयपुर, ३० कात्तिक । सप्तकोसी नदीमा जेटबोट सञ्चालन भएपछि आन्तरिक र वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वरहाक्षेत्र, पर्यटकीय क्षेत्र मैनामैनी, कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र हेर्न आउनेको संख्या बढेको हो । मन्दिरको दर्शन गर्न पाइने, प्राकृतिक दृश्यहरुको अवलोकन र जलयात्राको पनि अनुभव गर्न पाइने भएपछि आन्तरिक र वाह्य पर्यटकको संख्या बढेको छ ।पर्यटनलाई मध्यनजर गरेर बेलका नगरपालिकाले वडा नम्बर ७ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सव समेत आयोजना गरेको छ ।

नियमित यातायात साधन
उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी नदीमा सञ्चालनमा ल्याइएको जेटबोटबाट धनकुटा र भोजपुर जिल्लाका सीमास्थलसम्म पुगिन्छ । जेटबोट सञ्चालनसँगै कोसी नजिक बसेका सर्वसाधरणले समेत यसैलाई नियमित यातायातको साधन बनाएका छन् ।दुःखले बनाइएका सडकमा यातायातका साधन सञ्चालनमा नआएपछि उनीहरु जेटबोट मार्फत दैनिक रुपमा आवतजावत गर्छन् । सडकको बाटोबाट समय पनि धेरै लाग्ने र इन्धन पनि बढी खर्च हुने भएपछि भोजपुरको उत्तरपश्चिमी क्षेत्रमा मोटरसाइकल खरिद गरेका अधिकांश सर्वसाधरण समेत जेटबोट नै रोज्छन् ।

कोही त जेटबोटबाट मोटरसाइकल बोकाएर पनि जाने गर्छन् । जेटबोटमा मोटरसाइकल तार्दै गरेका तेजेन्द्र राईले भने, ‘बिराटनगरबाट आएको गाडीको बाटोबाट जाँदा सुनसरी, धनकुटा हुँदै घर पुग्दा झण्डै १ हजारको तेल खर्च हुने रहेछ, जेटबोटबाट जाँदा आउन जान ७ सयले पुग्छ ।’जल यातायात मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको संयुक्त पहलमा जेटबोट सञ्चालनमा ल्याइएको हो । अघिल्लो वर्षबाट सुरु भएको जेटबोट करिव चार महिना वर्षात्को समयमा रोकिएको र अहिले नदीमा जलप्रवाह घटेकोले कात्तिक महिनादेखि पुनः संचालन गरिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए ।स्थानीयका अनुसार अचेल दैनिक करिव एक हजार भन्दा बढीको संख्यामा मानिस जेटबोटबाटै आवतजावत गर्छन् । अरुण, तमोर र दुधकोसीको संगम त्रिवेणीको मनोरम प्राकृति छहराको दुश्यावलोकन गर्न जलयातायात मार्फत घुम्ने पर्यटकको संख्या दिनहुँ बढिरहेको बेलका नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र राईले बताए । अन्नपुर्ण डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्