सुनसरीको भाण्टावारीबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

<span class='c1'>सुनसरीको भाण्टावारीबाट पेस्तोलसहित एक</span> <span class='c2'>भारतीय नागरिक पक्राउ</span>

सुनसरी, १ मंसिर । सुनसरीको नेपाल भारत सीमा भाण्टावारीको चारकुनेबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल तर्फबाट भारत प्रवेश गर्न लागेका भीमनगर सुपौल बिहारका २३ वर्षीय रञ्जितकुमार मुखियालाई सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

BR 50 F 3206 नम्बरको अपाच्चे मोटरसाइकलमा सवार मुखियालाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा पेस्तोल बरामद भएको बीओपी भण्टाबारीका इन्चार्ज सुरेन्द्रबहादुर भण्डारीले जानकारी दिए । सशस्त्रले मुखियाको साथबाट पेस्तोल बरामद भएको बताएपनि गोलीभने नभेटिएको जनाएको छ । पक्राउ परेका मुखिया हत्या आरोपमा भारतमा जेल सजाय भोगी २० दिनअघि मात्रै रिहा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्