ईटहरीकाे तरहराबाट लागूऔषध सहित २ जना पक्राउ

<span class='c1'>ईटहरीकाे तरहराबाट लागूऔषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

सुनसरी, १ मंसिर। सुनसरीको इटहरी उप-महानगरपालिका-२० तरहरा चौकबाट प्रहरीले शुक्रबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर  र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-१९ बस्ने वर्ष ३० को रक्कि देवान र बिराटनगर-१६ बस्ने वर्ष १८ को जिवछ शर्मालाई पक्राउ गरेको हो । तरहरा चौकमा बा २५ प.३९४१ नम्बरको मोटरसाईकल पार्किङमा राखि शंकास्पद अवस्थामा हिडडुल गरिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा एभिल-१०० एम्पुल, लुपिजेसिक-१०० एम्पुल, फेनारगन-१०० एम्पुल र डाईजेल्याव-१०० एम्पुल लागूऔषध बरामद गरिएको हो । बरामद लागूऔषध, मोटरसाईकल र दुबैजनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखि थप अनुसन्धान भईरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्