नगदेबालीको बजारीकरण र गुणस्तरीय उत्पादनमा प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्नुपर्ने

<span class='c1'>नगदेबालीको बजारीकरण र गुणस्तरीय उत्पादनमा </span> <span class='c2'>प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्नुपर्ने</span>

ईलाम, १ मङ्सिर । गुणस्तरीय कृषिउपज उत्पादन र बजारीकरणका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ । जिम्मेवार व्यवसायको प्रवद्र्धन र नीतिगत अवस्थाका विषयमा इलाममा आयोजित कार्यक्रमका सहभागीले कृषिउपज उत्पादन वृद्धि भए पनि गुणस्तरीय नहुँदा बजारीकरणको समस्या भएको सरोकारवालाको भनाइ छ ।

कृषिजन्य सामग्री उत्पादनमा वृद्धि आए पनि गुणस्तर तथा बजारीकरणको समस्याका कारण किसानमा निरासापन देखिएको र उद्योग पनि धराशायी बन्दै गएका इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । औद्योगीकरणका लागि कच्चापदार्थ उत्पादन, प्रशोधन केन्द्र स्थापना, गुणस्तर र बजारीकरण आवश्यकता औल्याउँदै उनले इलाममा कच्चापदार्थ र प्रशोधन उद्योग पर्याप्त खुलेकाले अब गुणस्तरीय उत्पादन तथा बजारीकरणका लागि नगरपालिकाको ध्यान केन्द्रित रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले पूर्वी नेपालमा दूध, अदुवा, अलैँची र चियामा लगानी बढाउँदै गुणस्तरीय उत्पादन गरि निर्यातका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले चिया क्षेत्रमा काम गर्ने मजदूरको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सरकारले नयाँ ज्याला तोकेकाले उद्योगीलाई कार्यान्वयन गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्