ईलामकाे रोङ गाउँपालिकाको योजना, देशैभर मौरी वितरण गर्ने

<span class='c1'>ईलामकाे रोङ गाउँपालिकाको योजना, </span> <span class='c2'>देशैभर मौरी वितरण गर्ने</span>

इलाम, २ मङ्सिर । स्थानीय तहमा मौरी संरक्षण र प्रवद्र्धन सुरु गरेको रोङ गाउँपालिकाले पाँच वर्षमा पाँच सय किसानलाई व्यावसायिक मौरीपालक बनाउने योजना अघि सारेको छ। देशभर मौरी र मह आपूर्ति गर्ने योजनासहित गाउँपालिकाले काम सुरु गरेको हो। विषादी प्रयोग घटाएर अर्गानिक गाउँपालिका बनाउने र मौरी स्रोत केन्द्र स्थापनासहित किसानलाई तालिम र मौरीका घार वितरण सुरु गरेको थियो। अध्यक्ष मौरी लघु उद्यम कार्यक्रममार्फत यस वर्ष ६० जनाले तालिम पाउने कार्यक्रम संयोजक कुमार मोक्तानले जानकारी दिए। ३० जना किसानलाई मौरीका घर र आवश्यक सामग्री सहयोग गर्ने कार्यक्रम रहेको मोक्तानले बताए। पाँचवटासम्म घार भएका किसानलाई सुरुमा ५० प्रतिशत र अनुगमनका क्रममा प्रगति देखिएमा ७५ देखि १०० प्रतिशतसम्म अनुदान दिने योजना अघि बढेको मोक्तानको भनाइ छ।

कार्यक्रम सुरु भएसँगै गाउँपालिका कृषकले मौरीपालनमा निकै चासो दिएका छन्। मौरी नपालेका किसानले घार झुन्ड्याउन थालेको मोक्तानले बताए। गत वर्ष स्थापित मौरी स्रोत केन्द्रले मह संकलन र बजारीकरणको काम गरिरहेको गाउँपालिका अध्यक्ष शम्शेर राईले बताए। अध्यक्ष राईका अनुसार शुद्ध महको माग बढिरहेको छ। कार्यक्रमअन्तर्गत शुद्ध मह उत्पादन, मौरीको स्याहार र महको उत्पादन बढाउने विषयमा किसानलाई प्राविधिक सहयोग गर्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्