बिराटनगरको नोबेल मेडिकल कलेजमा आज “नोबेल डे” मनाइदै

<span class='c1'>बिराटनगरको नोबेल मेडिकल कलेजमा</span> <span class='c2'>आज “नोबेल डे” मनाइदै</span>

बिराटनगर मङ्सिर २ ,  बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं स्थापना दिवस भव्य रुपमा मनाउँने तयारी गरेको छ । ‘नोबेल डे’ का अवसरमा आज मंसिर २ गते विशेष कार्यक्रम आयोजना गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

स्थापना दिवसका अवसरमा विशेष साँस्कृतिक प्रस्तुती, पुरस्कार वितरण लगायत कार्यक्रम राखिएको नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् । उनका अनुसार कार्यक्रमलाई भव्य बनाउँन मुल आयोजक समिति र करिव एक दर्जन उपसमिति निर्माण गरिएको छ । करिव ३ हजार व्यक्ति सहभागि हुने कार्यक्रममा उत्कृष्ट करिव ४० कर्मचारी र २० विद्यार्थीलाई पुरस्कृत गरिने प्रशासकीय अधिकृत दिपेश राईले बताए ।

समाजसेवी डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल शिक्षण अस्पताल गुणस्तरीय उपचारका क्षेत्रमा मुलुककै उत्कृष्ट स्वास्थ्य सस्थाको रुपमा स्थापित छ । दैनिक करिव दुई हजार बिरामीको उपचार हँुदै आएको नोबेल मेडिकल कलेजमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्