सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

<span class='c1'>सहिद स्मारक ए डिभिजन लिग</span> <span class='c2'>फुटबलमा आज तीन खेल हुँदै</span>

काठमाडौं, ३ मङ्सिर। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । दोस्रो चरण अन्तगर्तका अन्तिम तीन खेलमा जावलाखेल युवा क्लब र संकटा, फ्रेन्डस क्लब र एपिएफ तथा अर्को खेलमा हिमालय शेर्पा र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सातोबाटोस्थित एन्फा कम्लेक्समा पहिलो खेलमा जित निकालेको संकटा र पराजित जावलाखेल आमने सामने हुनेछन् ।

पहिलो जितको खोजीमा रहेको जावलाखेल र दोस्रो जितको तयारीमा रहेको संकटाबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे अर्को खेलमा फ्रेन्ड्स  क्लब र एपिएफ भिड्नेछन् । दुबै टोली पहिलो जित दर्ता गर्ने लक्ष्यमा छन् । पहिलो चरणको खेलमा एपिएफले बराबरी खेलेको थियो भने फ्रेन्डसले हार बेहोरेको थियो । दिउँसो साढे २ बजे सशस्त्रको मैदानमा हिमालय शेर्पा क्लब र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा बराबरी गरेको हिमालय शेर्पा क्लब ३ अंक बटुल्ने रणनीतिमा रहँदा सरस्वती लिगमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । यो खेल सकिएसँगै लिगमा दोस्रो चरणका खेल सकिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्