सनम शाक्य हत्याकाण्डमा मुछिएका प्रहरी अधिकारी विरुद्ध सरकारी वकिल सर्वोच्च जाने तयारीमा

<span class='c1'>सनम शाक्य हत्याकाण्डमा मुछिएका प्रहरी अधिकारी</span> <span class='c2'>विरुद्ध सरकारी वकिल सर्वोच्च जाने तयारीमा</span>

विराटनगर, ३ मङ्सिर ।   बेपत्ता अवस्थामा रहेको ३८ क्वीन्टल सुनतस्करी र उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा मुछिएका प्रहरीका उच्च पदाधिकारी विरुद्ध सर्वोच्च अदालतमा उच्च अदालतको आदेश बदर गर्न माग गर्दै मुद्दा दायर हुने भएको छ। जिल्ला अदालतले थुनामा राख्‍न दिएको आदेश उल्टाउदै उच्च अदालत विराटनगरको आदेशपछि छुटेका प्रहरी अधिकृतविरुद्ध सर्वोच्च अदालतमा उच्चको आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूर्पक्षका लागि निवेदन गरिने भएको हो।

उच्चअदालत विराटनगरको आदेश बदर गरी पूर्पक्ष गर्न सर्वोच्च अदालत जाने तयारी भएको उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख चिरञ्जिबी पराजुलीले बताए। प्रमुख पराजुलीले भने, ‘डिआइजी गोविन्द निरौला, एसपी बिकासराज खनाल र राम तिवारीविरुद्ध सर्बाेच्चमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ।’ त्यसैगरी केहीदिन अघि उच्च अदालतले छोड्न आदेश दिएका मदन सिलवाल र प्रभात अग्रवालको आदेशको नक्कल मगाएर सर्बाेच्चमा मुद्दादायर प्रकृया अघि बढाउने उनले जानकारी दिए।

जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका प्रहरी अधिकृत पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिबेश लोहनी, एसपी बिकासराज खनाल, डिएसपी प्रजित केसीलाई साधारण तारेख र र मदन शिलवाल, प्रभात अग्रवाल, रामकुमार तिवारीलाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्ने आदेश दिएको थियो। गत फागुन १८ गते सुन तस्करीको सञ्जाल चलाइरहेका चूडामणि उप्रेती गोरे सहितको समूहले सुन तस्कर समुहको भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेको थियो। शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको सुनतस्करी मुद्दाको छानविनकालागि सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो।

पौडेल नेतृत्वको समितिले सुन तस्करी प्रकरणमा मुछिएका निरौला सहित ६३ जना विरुद्ध गत बैसाख १९ गते मोरङ अदालतमा आपराधिक समूह स्थापना र सुनचोरी पैठारी र निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्धा दायर गरेको थियो। सुनतस्करी प्रकरणमा जिल्लाको आदेशपछि थुनामा रहेका भूजुङ गुरुङ, एसएसपी श्यामबहादुर खत्री, सई बालकृष्ण सञ्जेल सहित १५ जनाको मुद्दाको आदेश हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्