लहानमा विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने मिललाई दुई लाख जरिबाना

<span class='c1'>लहानमा विद्युत् चुहावट गरी राइस मिल</span> <span class='c2'>सञ्चालन गर्ने मिललाई दुई लाख जरिबाना</span>

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिबाना गरेको छ ।

प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ भौरस्थित फुलेश्वर राइस मिलका सञ्चालक फुलेश्वर यादवसँग रु एक लाख ९६ हजार ७९७ जरिबाना गरेको हो ।

विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरिरहेको पाइएपछि राइस मिलका सबै सामान नियन्त्रणमा लिइएको प्रमुख यादवले जानकारी दिए । मिलको सामान नियन्त्रणमा लिएपछि मिल सञ्चालक यादवले अब उप्रान्त त्यस्तो नगर्ने भनी निवेदन दिएको र जरिबानासमेत तिरेकाले समान छाडिएको प्रमुख यादवले बताए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्