झापामा विद्यार्थीले रोबोट देखि भबिष्यको सहरसम्म बनाए

<span class='c1'>झापामा विद्यार्थीले रोबोट देखि</span> <span class='c2'>भबिष्यको सहरसम्म बनाए</span>

भद्रपुर, रासस । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । 

कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए ।  विद्यार्थीले भबिष्यको सहरसम्म उक्त विज्ञान प्रर्दशनीमा प्रस्तुत गरेका थिए ।

कक्षा १० का अनिस दाहालले साथीसँग मिलेर ‘वाल्मिकी भर्सेस टेरोरिस्ट’ कम्प्युटर खेल प्रदर्शनीमा राखिएको छ । कक्षा ६ देखि १० सम्मका झण्डै २५० विद्यार्थीले बनाएका विज्ञान सामग्री प्रदर्शनीमा राखिएको विज्ञान शिक्षक निलम खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्