कांग्रेसको विवादबारे सभापति देउवाले भने – कुन घरमा झगडा छैन ? पार्टीमा पनि हुन्छ

<span class='c1'>कांग्रेसको विवादबारे सभापति देउवाले भने – कुन</span> <span class='c2'>घरमा झगडा छैन ? पार्टीमा पनि हुन्छ</span>

विराटनगर,४ मंसिर ।  पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको झगडालाई सामान्य लिनुपर्ने बताएका छन् । उनले पार्टीभित्रको झगडालाई ठूलो रुपमा लिन नहुने उल्लेख गरे । एउटा घरमा त झगडा र कलह हुने भन्दै उनले पार्टी भित्रको मतभेद सामान्य भएको बताएका हुन् ।  घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुने भन्दै उनले यसलाई मिलाउने पक्षमा आफू रहेको बताए । उनले मंसिर २ गते महामन्त्री डा. शशांक कोइराल, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आई मिलेको सन्देश दिँदा आफू नअत्तालिएको बरु यसले पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको बताए ।

प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवासँगै कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि थिए । कोइरालाप्रति लक्षित गर्दै भने, ‘कोइराला परिवारमा जस्तै अब कांग्रेस पार्टीभित्रको झगडा पनि मिल्छ । तर पार्टी सञ्चालन गर्नु कठिन काम हो ।’ देउवाले पार्टीमा रहेको समूह, उपसमूह, उपसमूह, गुट र उपगुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायलकायल भएको बताए । पार्टीमा एक भएको फोरम लोकतान्त्रिक मिलाउने क्रममा उपसभापति मनन् गर्नु राजनीतिक निर्णय भएको र विधान नमिचिएको दाबी गर्दै देउवाले सकेसम्म मिलाउने प्रयास गरेको बताए । नेविसंघको विवादको विषयलाई लिएर महासमिति वैठक नसर्ने स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्