ओवी प्रभाव : चौतर्फी दवावपछि विराटनगरको नोवेल अस्पतालले पार्किङ शुल्क हटायो(भिडियो सहित )

<span class='c1'>ओवी प्रभाव : चौतर्फी दवावपछि विराटनगरको नोवेल</span> <span class='c2'>अस्पतालले पार्किङ शुल्क हटायो(भिडियो सहित )</span>

प्रेम देवान/ओवी
विराटनगर, ३ मसिर । नोवेल अस्पताल विराटनगरले पार्किङमा मनोमानी ढङ्गबाट रकम असुलेको भन्दै एक सेवाग्राहीले नोवेल अस्पतालको पार्किङ शुल्कको भिडियो खिचे । अनी उक्त भिडियो प्राप्त भएपछि त्यसैलाई आधार बनाएर आवर विराटनगर डट नेटले भिडियो सहित समाचार प्रकाशन गर्यो । समाचारमा कञ्चनबारी ४ मा रहेको नोवेल अस्पताल बाहिर बसेर पार्किङको ठेक्का लिएका व्याक्तीहरुले मनोमनी ढङ्गबाट पार्किङ वापतको रकम असुली गरेको भेटिएपछि आवर विराटनगरले ध्यान त्यो बिषयमा केन्द्रीत भयो ।
एक साता अगाडि एक साँझको समयमा पुगेका एक जना विरामीका आन्तललाई १० रुपैयाँ लिने ठाँउमा २० रुपैया लिएको भेटियो । भिडियोमा देखिन्छ–‘पार्किङको शुल्क लिने व्याक्तिले १० रुपैयाको चिट दिन्छन् अनि २० रुपैया माग्ने गर्छन् । चिटमा १० रुपैया लेखिएको भएता पनि ती व्याक्तिले भने २० रुपैँया नै कर गरेर माग्छन् । अनि विरामी आफन्तले किन २० रुपैँया भनेर सोध्दा उल्टै २० रुपैया नै दिनुपर्यो भनेर हकार्छन ।
विरामीका आफन्तले पहिलो दिन ती व्याक्तीले भने अनुसारको पैसा दिन्छन् अनि घर फर्कछन् । पुन भोली पल्ट पनि सोही विरामीका आफन्त पार्किङ स्थलमा पग्छन् । पुनः १० रुपैया लिने ठाँउमा २० रुपैयाँ दिनुपर्यो भनेर हप्काई–धप्काई गरेर २० रुपैयाँ लिएरै छाड्छन् ।’

यस्ताे  थियाे भिडियाे :-

https://www.facebook.com/ourbrt/videos/335101570604488/

अस्पताल जस्तो संवेदनशिल स्थानमा सेवाग्राहीलाई राम्रो सेवा दिनुपर्नेमा यसरी खुलेआम विरामीका कुरुवाहरु लुटिन थालेपछि उक्त भिडियो आवर विराटनगरको आधिकारीक पेजबाट सार्बजनिक गरियो ।
आवर विराटनगरबाट सार्बजनिक भएको भिडियो हजारौ दर्शकले हेरे भने त्यही अनुसार सेयर भयो । केही दिनमा नै उक्त भिडियो भाईरल नै बन्न पुग्यो । भिडियो करिब ४ लाख दर्शकले हेरेपछि नोवेल अस्पतालको पार्किङ स्थलमा रहेका व्याक्तिहरुले गल्ती गरेको भनेर अधिकांशे आक्रोश पोखे अनी बिरोध गरे । यसरी आम सर्वसाधरणबाट खुलेआम रकम असुल्न थालेपछि अधिकांशले नोवेल अस्पतालको पार्किङ नै हटाउनु पर्नेसम्मको आवाजहरु आए । आवर विराटनगरको सामाजिक संजाल फेसबुकमा नोवेल अस्पताल प्रति आएको जनदवाव र सेवाग्राहीको विरोध पछि अस्पतालले पार्किङ हटाएको छ ।
पार्किङ शुल्क हटाएपछि नोवेल अस्पातलको पार्किङ स्थलमा भेटिएका विराटनगर २ का तिर्थराज पौडेलले अस्पतालले र्पार्किङ सिस्टमलाई व्यावस्थित बनाएर लैजान आग्रह गरे । अस्पतालले मनोमानी ढङ्गबाट नगरी कम रकम राखेर सेवाग्राहीलाई सेवा दिनुपर्ने बताए ।
त्यस्तै अर्का विराटनगरका रामराज पौडेलले फेसबुकमा हेरेको भिडियोमा गल्ती गरेको देखेपछि आफुलाई पनि निको नलागेको बताए । त्यस्ता मनपरी ठगी धन्दा गर्नेकाम बन्द गर्नुपर्ने र त्यस्ता ब्यक्तिलाई कार्वाही गर्नुपर्ने उनको भनाई छ ।
यता नावेल अस्पतालका प्रशासकिय अधिकृत दिपेश राईले सामाजिक संजालमा आएको कुरालाई स्वीकार गर्दै भने ‘ अब नोवेल अस्पतालमा आएका सेवाग्राहीलाई सहुलित दिन सशुल्क हटाएर निशुल्क बनाएका छौ ।’ अहिले ठेक्का रद्द गरिसकेको र पार्किङ स्थालमा २ जना सुरक्षा गार्ड राखेको उनले बताए ।
नोवेल अस्पताल सार्वजनिक स्थल भएका कारण सबै जिम्मावारी अस्पतालले नै लिन नसक्ने भएका कारण सेवाग्राहीलाई सचेत रहन पनि उनले आग्रह गरे । स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार कुनै पनि अस्पताल संचालनका निमित अस्पताल भवन बाहेक निशुल्क पार्किङ सुविधा अनिवार्य छ । तर यसरी नोवेल अस्पतालले खुलेआम आम सर्वसाधरणलाई पार्किङ गरेवापत रकम असुली गरेको भेटिए पछि चौतर्फी जनदवाव आएपछि सशुल्क पार्किलाई निःशुल्क गरेर आफ्नो गल्तीलाई स्वीकारेको छ ।

समाचार प्रभाव  रिपाेर्ट यस्ताे छ ।

https://www.youtube.com/watch?v=hZvDtL7rPME&feature=youtu.be

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्