पाँचथरमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

<span class='c1'>पाँचथरमा श्रीमतीको हत्या</span> <span class='c2'>गर्ने श्रीमान पक्राउ</span>

पाँचथर, ५ मंसिर। पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ ख्यारुपा सिरानमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हतियार प्रहारबाट सोही ठाउँ बस्ने बर्ष ३९ की ईन्द्रमाला चेम्जोङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । निजलाई आफ्नै श्रीमान वर्ष ४२ को नर बहादुर चेम्जोङले धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् । आफ्नै जेठी श्रीमतीको हत्या गरी फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले बुधबार  पाँचथरकाे मिक्लाजुङ गाउँपालिका-१ ईलाम र पाँचथरको सिमाना पर्ने फुङसिङडाँडा जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका चेम्जोङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखि थप अनुसन्धान भईरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको पाँचथर प्रहरीले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्