पति–पत्नीको विवादले घर खरानी, १३ लाखको क्षति

<span class='c1'>पति–पत्नीको विवादले घर खरानी,</span> <span class='c2'>१३ लाखको क्षति</span>

विराटनगर, ६ मङ्सिर ।  पतिसँगको विवादका कारण खोटाङकी एक महिलाले आफनै घरमा आगो लगाएकी छन्। बुधबार भएको आगलागीबाट करिब १३ लाख मूल्य बराबरको क्षति भएको छ। रुपाकोट–मझुवागढी नगरपालिका १०, माखामका जीतबहादुर तामाङ र उनकी पत्नी ३९ वर्षीया फूलमायाका बीचमा घरायसी विवाद भएको थियो। सोही झाेंकमा फूलमायाले घरमा आगो लगाएको प्रहरीले जनाएको छ।

पतिसँग विवाद भएपछि फूलमायाले मादक पदार्थ सेवन गरी कोही नभएको मौका पारी घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।  आगलागीबाट ढुङ्गा माटोको ३ तले घर र घर भित्रका सबै सामान जलेर नष्ट भएको छ। स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्