उदयपुरको गैरुङमा सुमो दुर्घटना हुँदा चार जना घाइते

<span class='c1'>उदयपुरको गैरुङमा सुमो दुर्घटना</span> <span class='c2'>हुँदा चार जना घाइते</span>

उदयपुर, ६ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुङमा बिहीबार सुमो दुर्घटनामा परि ४ जना घाइते भएका छन् । नेपालटारबाट घाईघाट तर्फ जाँदै गरेको स १ ज ५२७ नम्बरको सुमो बिहान आँफै अनियन्त्रित भई दुर्घटना भएको हाे । दुर्घटनामा परि सुमोमा सवार उदयपुरगढी गाउँपालिका-८ बस्ने बर्ष २२ की निलम थापा, बर्ष २७ को राम खडका, उदयपुरगढी गाउँपालिका-६ बस्ने बर्ष २७ कि अम्बिका थापा खड्का निजको छोरा बर्ष ३ को सरोज खड्का घाइते भएका हुन् । दुर्घटनामा परि घाइते चारै जनालाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सुमो चालक तत्काल फरार रहेको हुँदा खोजी कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्