सप्तकाेशीकाे जेटबोट सञ्चालनले सर्वसाधारणकाे जनजीवन सहज

<span class='c1'>सप्तकाेशीकाे जेटबोट सञ्चालनले</span> <span class='c2'>सर्वसाधारणकाे जनजीवन सहज</span>

उदयपुर, ७ मङ्सिर । उदयपुरको बेलका नगरपालिका र सुनसरीको सप्तकोशी नदीबीच डुम्रिबोट तथा तपेश्वरी क्षेत्रबाट सप्तकोशी नदीमा सञ्चालन हुने जेटबोटले अहिले आन्तरिक पर्यटकको विकासमा टेवा पुर्‍याउनका साथै दैनिक ५० देखि ८० हजार रुपैयाँसम्मको कमाइ गर्ने गरेको छ । गतवर्षदेखि उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाले सप्तकोशी नदीमा जेटबोट सञ्चालन गरेर आन्तरिक पर्यटन विकासको लागि नयाँ अभियान सञ्चालन गरेसँगै यस क्षेत्रमा अहिले दैनिक दुईओटा जेटबोट सञ्चालन हुँदै आएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।

नेपाल रिभर ट्रान्सपोर्ट र बराह यातायात कम्पनीले अहिले सप्तकोशी क्षेत्रमा दुईओटा जेटमोटर बोट सञ्चालन गरेपछि दैनिक एक मोटरबोटले ८० हजार रुपैयाँसम्म कमाइ गर्ने गरेको बराह यातायातका सञ्चालक सदस्य कमल राईले बताए । भारतबाट एक मोटबोटको मूल्य अढाइ करोड रुपैयाँसम्म लगानी गरेर यस क्षेत्रमा मोटर जेटबोट ल्याई उदयपुर बेल क्षेत्रलाई जलयात्रामार्फत बा≈य र आन्तरिक पर्यटनको विकास गर्न यो अभियान शुरू गरिएको बराह यातायातका अर्का सञ्चालक सञ्जय राईको भनाइ छ ।

अहिले सप्तकोशी क्षेत्रमा सञ्चालन हुँदै आएको जेटबोट उदयपुरको बेलका नगरपालिकास्थित डुम्रिबोटबाट सञ्चालन हुँदै सुनसरीको चतरा, बराह क्षेत्र धाम, उदयपुरको मैनामैनी, सिम्ले र अरुण नदी हुँदै भोजपुरको हतुवागडी घाटसम्म सञ्चालन हुने गरेको यसका सञ्चालक बताउँछन् । जेटबोट सञ्चालनपछि भोजपुर, सङ्खुवासभा, उदयपुर खोटाङ जिल्ला पूर्वी पहाडी क्षेत्रका बासिन्दा सप्तकोशीको जलयात्रा गर्दै जेटबोटबाट पहाडी क्षेत्रबाट सुनसरी विराटनगर जान र आउन सहजसमेत भएको भोजपुर हतुवागडीका स्थानीयवासी पूर्णकुमार श्रेष्ठको भनाइ छ ।

जेटबोटले पूर्वी पहाडी क्षेत्रका मानिसलाई सप्तकोशी हुँदै मधेश, पहाड आवतजावत गर्न सहज भएको बेलका नगरपालिकाका समाजसेवी रमण भट्टराईले बताए । अहिले सप्तकोशीमा जलयात्रा गर्न सप्तरी, सिरहा, सुनसरी, मोरङ, झापा, इलामसम्मका पर्यटकसमेत ठूलो सङ्ख्यामा सप्तकोशी क्षेत्रमा आउने गरेका यसका सञ्चालक बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्