विराटनगरमा जारी ‘प्रथम रोनाल्ड म्यकुली कप’लाई मोरङ ब्यापारसंघको सहयोग

<span class='c1'>विराटनगरमा जारी ‘प्रथम रोनाल्ड म्यकुली</span> <span class='c2'>कप’लाई मोरङ ब्यापारसंघको सहयोग</span>

विराटनगर, ७ मंसिर ।
मोरङ ब्यापार संघले नेत्रहिन क्रिकेट संघलाई सहयोग गरेको छ । बिहिवार नेपाल नेत्रहीन संघ अन्तरगतको नेत्रहीन क्रिकेट संघ, नेपालद्धारा मंसीर ५ गते विराटनगरमा संचालन भईरहेको ‘प्रथम रोनाल्ड म्यकुली कप’कालागि संघले सहयोग गरेको हो । ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले ४५ हजार ५ सय रुपैयाँ अर्थिक सहयोग हस्तान्तरण गरेका हुन ।
मोरङ व्यापार संघका अध्यक्ष सारडाको पहलमा संघका पदाधिकारी एवं कार्यकारी सदस्यहरुसँग जुटाईएको रकम सारडाले नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य राजेन्द्र दुलाललाई हस्तान्तरण गरे ।
आर्थिक सहयोग हस्तान्तरणका क्रममा संघका अध्यक्ष सारडाले यस किसिमका कार्यक्रम नेत्रहीन मात्र नभई शाररीक रुपले अशक्त सम्पूर्ण व्यक्तिहरुको मनोबल बढाउनुका साथै त्यस्ता व्यक्तिहरुको अन्तर–प्रतिभालाई जागृत गर्न मद्दत पुग्ने बताए । नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य दुलालले त्यस किसिमको सहयोग बाटै अशक्त एवं नेत्रहीन ब्यक्तिहरुले हौसला पाउने बताउँदै उनले संघ प्रति आभार ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्