माेरङ र सुनसरीमा भारतबाट अवैध रुपमा पेस्तोल भित्रयाउने एकसातामा पाँच गिरोह पक्राउ

<span class='c1'>माेरङ र सुनसरीमा भारतबाट अवैध रुपमा </span> <span class='c2'>पेस्तोल भित्रयाउने एकसातामा पाँच गिरोह पक्राउ</span>

विराटनगर, ७ मङ्सिर ।  भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन ।  प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ्ग र सुनसरीको खनारका सुशिल साहलाई पक्राउ गरेको हो । प्रहरीले मन्दिपको साथबाट ‘मेडिइन युएसऐ’ नाम लेखेको पेस्तोल र त्यसमा लाग्ने केही गोलीसमेत बरामद गरेको छ । उनलाई पक्राउ गरेपछि अवैध रुपमा भारतबाट नेपाल पेस्तोल भित्रयाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले मन्दिपलाई पक्राउ गरेपछि सुशिललाई पक्राउ गरेको हो । योसँगै प्रहरीले एक साताको बिचमा सुनसरी र मोरङबाट मात्र भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने पाँच गिरोहलाई पक्राउ गरेका छ । प्रहरीले एक साता अघि सुनसरीको दुई छुट्टा–छुट्टै स्थानबाट पेस्तोलसहित ३ जना पक्राउ गरेको थियो । शसस्त्र प्रहरी बल बिओपि भाण्टावारी र सिमा प्रहरी चौकी भाण्टावारीबाट संयुक्त रुपमा चेकिङमा खटिएको टोलीले १ थान स्वचालित पेस्तोलसहित भिमनगर–४ सुपोल बिहारका रंजित कुमार मुखियालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी चारकुने दश गजा छेउमा बिआर ५० एफ ३२०६ नम्बरको मोटरसाइकलमा सवार मुखियाको शरीर खानतलासी गर्ने क्रममा १ थान सानो चाईनिज पेस्तोल र १ थान खाली म्याग्जिन फेला परेको थियो । त्यस्तै बिओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले सुनसरीको कोशी गाउँपालिका–६ ढट्टा टोलमा पनि १ थान स्वचालित पेस्तोलसहित २ जना पक्राउ ग¥यो । भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको साईन मोटरसाईकल चेकजाँच गर्ने क्रममा चालक भारत सुपौल भवानिपुरका विवेक यादव र भारत सितापुर ८ का सुरेशकुमार गोहितको साथबाट कटुवा पेस्तोल फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्