विराटनगरबाट शुरु भयो पर्वतीय उडान, पहिलो दिन मुख्यमन्त्री सहित २२ जना उडे

<span class='c1'>विराटनगरबाट शुरु भयो पर्वतीय उडान, पहिलो</span> <span class='c2'>दिन मुख्यमन्त्री सहित २२ जना उडे</span>

विराटनगर, ८ मंसिर । विराटनगरबाट शनिवारबाट माउण्टेन फ्लाईट (पर्वतीय उडान) शुरु भएको छ। एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई सहितको टोलीले हिमालको अवलोकन गरेका हुन् । मुख्यमन्त्री राई सहित प्रदेश सरकारका मन्त्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, वन पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियेत सहभागी टोलीले पहिलो फ्लाईटबाट हिमालको रमाईलाले दृश्य अबलोकन गरे । पहिलो पटक यस अघि एक पटक मात्र बिराटनगरबाट माउण्टेन फ्लाईट भएको थियो ।
आज देखि नियमित रुपमा हरेक शनिवार माउण्टेन फ्लाईट गर्ने गरी २२ जनाको टोली लिएर बिराटनगरबाट उडेको थियो । बिहानको झुल्के घाम सहितको रमाईलो दृश्य हेर्नको लागि उडेको माउण्टेन फ्लाईट कन्चनजंघा, मकालु, सगरमाथा हुँदै गौरीशंकरसम्म पुगेर सोही रुटबाट फर्किएको थियो । जम्मा बिराटनगरबाट ५५ मिनेटको यात्रा तय गरेको माउण्टेन फ्लाईटमा मुख्यमन्त्री, ३ जना मन्त्री, प्रदेशका प्रमुख सचिव, पर्यटन सचिव सहितका ३ जना सचिव, पर्यटन ब्यवसायी र पत्रकारहरु सहभागी थिए ।
माउण्टेन फईटबाट फर्किए लगतै प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले प्रदेशको पर्यटन ब्यवसायलाई प्रवद्र्धन गर्नको लागि पर्यटन ब्यवसायीबाट शुरु भएको यो अभियानलाई निरन्तरता दिईने बताए । माउण्टने फ्लाईटलाई निरन्तरता दिनको लागि संघीय सरकार, बिभिन्न निकाय तथा स्थानीय तहहरुसँग प्रदेश सरकारले सहकार्यको लागि पहल गरिने राईले बताए । उनले बिराटनगर –पोखराको उडान चाँडै शुचारु गराउने बारेमा पनि आफुले पहल गर्ने आश्वासन दिए ।
विराट होलिडेजको नाममा शुरु भएको माउण्टेन फ्लाईटलाई निरन्तरता दिनको लागि प्रदेश सरकारले बिराटनगरबाट प्रदेशका संचालनमा रहेका सबै बिमानस्थलहरुमा विमानको उडान शुरु गर्नु पर्ने ब्यवसायीले माग गरे । प्रदेशका संचालनमा रहेका १४ वटा बिमानस्थलमा बिराटनगरबाट जम्मा ४ वटामा पनि नियमित उडान हुन नसकेको बताउँदै बिराट होलिडेजका अध्यक्ष भबिश श्रेष्ठले भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुको लुक्ला लगायतका फ्लाइट बिराटनगरबाटै गराउन मुख्यमन्त्रीसँग माग गरे ।
पोखरा–विराटनगरक उडान हुने बितिकै धेरै चहलपहल बिराटनगरसँग जोडिने अनी बिराटनगरबाट भारत उडान अहिले पनि सहजै हुन सक्ने भएकोले त्यसको उडान तत्काल थाल्ने हो भने प्रदेशमा भारतीय पर्यटकको चहल पहल बढ्ने पर्यटन ब्यवसायीको भनाई छ । त्यसको लागि पहिलो चरणमा अन्तर प्रदेश उडान र भारतको दिल्ली, कोलकता र गुहाटीको लागि अहिले नै फ्लाईट गर्न सकिने बताएका छन् । माउण्टेन फ्लाईट यस अघि बाठमाडौँबाट मात्र हुँदै आएकोमा विराटनगरबाट पनि पर्यटन ब्यवसायीको पहलमा शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्