विराटनगरबाट शुरु भयो मिस पूर्वेलीको पहिलो अडिसन,२७ जना युवती सहभागी

<span class='c1'>विराटनगरबाट शुरु भयो मिस पूर्वेलीको</span> <span class='c2'>पहिलो अडिसन,२७ जना युवती सहभागी</span>

विराटनगर, ९ मंसिर ।
विराटनगर हरेक बर्ष विराटनगरमा आयोजना हुँदै आएको मिस पूर्वेली सुपर मोडलको यस बर्षको संस्करण अन्तरगत अडिसनको कार्य शुरु भएको छ । शनिवार विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना युवती सहभागी भएका थिए । ए वान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिको आयोजना गर्ने मिस पूर्वेलीमा सुनसरी,मोरङ लगायतका जिल्लाबाट आएका प्रतिस्पर्धीले अडिसनमा सहभागिता जनाएका थिए । मिस पूर्वेलीका संयोजक सौरभ राजभण्डारीका अनुसार सुनसरीको धरान, इटहरी, झापाको दमकमा यसै साता अडिसन हुने कार्यक्रम तय गरिएको छ । साथै आउने शनिबार बिराटनगरमा अर्को अडिसन हुनेछ ।
शनिबार सम्पन्न पहिलो अडिसनमा पूर्व क्रिकेटर तथा युवा उद्यमी पारस लुनिया, बरिष्ठ फोटोग्राफर रोसन श्रेष्ठ, युवानेत्री सन्तोषी श्रेष्ठ, मेक अप आर्टिस्ट रक्तिम प्याकुरेल र डे«स डिजाइनर जिता गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
खिचिक्क फोटो फ्क्याट्री र भिजुुअल बिज्ञापन एजेन्सीकोको सह आयोजनामा हुने सातौ संस्करणको अन्तिम चरणमा २५ जना युवतीले सहभागिता जनाउने छन् । पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयोजन गर्ने यस बर्षको मिस पूर्वेलीमा चर्चित कोरियाग्राफर सृजना रेग्मीले कोरियोग्राफी गर्नेछिन् । पुस १४ गते फाइनलमा बिजेता हुनेले २ लाख ५० हजार नगदसहित अन्य उपहार प्राप्त गर्नेछन् भने इन्डोनेसियाको भ्रमणको अवसर प्राप्त गर्नेछन् । त्यसैगरि फस्ट रनर अपले १ लाख र सेकेन्ड रनर अपले ५० हजार सहित इन्डोनेसियाको भम्रणको अवसर प्राप्त गर्नेछन् ।
ए वान इन्टरटेनमेन्टका अध्यक्ष किरण लामाले प्रतिष्पर्धालाई भब्य बनाउन सबैको सहयोगको अपेक्षा गरे । उनले नेपालमा नै सर्वाधिक पुरस्कार राशीको ब्युटि प्याजेन्ट भएको समेत दावी गरे ।यस प्रतियाेगिताकाे मिडिाया पार्टनर अाेबी मिडिया रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्