संघीय समाजवादी फोरम नेपालको पहिलो केन्द्रीय महाधिवेशनको मिति सर्यो

<span class='c1'>संघीय समाजवादी फोरम नेपालको पहिलो</span> <span class='c2'>केन्द्रीय महाधिवेशनको मिति सर्यो</span>

काठमाडौँ,  मङ्सिर १० गते । संघीय समाजवादी फोरम नेपालको पहिलो केन्द्रीय महाधिवेशनको मिति सरेको छ । आगामी माघका लागि तय गरेको महाधिवेशन तयारी नपुगेको भन्दै आगामी २०७६ बैशाख २७ गतेका लागि सारिएको छ । यसअघि माघ २८मा महाधिवेशन गर्ने तय भएको थियो ।

[caption id="attachment_70265" align="alignnone" width="640"] ?????????????????????????????????????????????????????????[/caption]

पार्टीका महासचिव रामसहाय यादवका अनुसार नयाँ संरचना अनुसार प्रदेश, जिल्ला, गाउँ, नगर गठन गर्नुपर्ने भएकाले महाधिवेशनको मिति सारिएको हो । यसअघि फोरम नेपालले ११ प्रदेशको आधारमा पार्टीको संरचना बनाएको थियो । अहिले सात प्रदेश भएको र सोहीअनुसार संरचना बनाउनुपर्ने भएकाले बैशाखका लागि महाधिवेशन सारिएको छ ।

मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरण भई संघीय समाजवादी फोरम नेपाल बनाएपछि नयाँ पार्टीको रुपमा यो पहिलो महाधिवेशन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्