प्रदेश नम्बर १ मा २ अर्ब ५० करोडको लगानीमा ‘प्रिमियर’ ब्राण्डको फलामे डण्डीको उत्पादन सुरु

<span class='c1'>प्रदेश नम्बर १ मा २ अर्ब ५० करोडको</span> <span class='c2'>लगानीमा ‘प्रिमियर’ ब्राण्डको फलामे डण्डीको उत्पादन सुरु</span>

बिराटनगर मङ्सिर १०,

प्रदेश नम्बर १ मा ‘प्रिमियर’ ब्राण्डमा फलामे डण्डीको उत्पादन सुरु गरिएको छ । सुनसरीको दुहवीमा आठ विघा क्षेत्रफलमा प्लान्ट निर्माण गरेको सारडा ग्रुपले एके राठी ग्रुपसितको साझेदारीमा ‘प्रिमियर’ ब्रान्डमै फलामे डन्डीको व्यवसायिक उत्पादन सुरु गरेको जानकारी शनिबार विराटनगरको बिग होटेलमा गरेको प्रोडक्ट लन्च कार्यक्रममा जानकारी दिए ।

२ अर्ब ५० करोडको लगानीमा स्थापित प्रिमियर स्टिल प्रालि प्रदेश १ कै सबैभन्दा ठूलो फलामे डन्डीको उद्योग भएको कम्पनीले दाबी गरेकोे छ ।

उद्योगले ८ देखि ४० एमएमका फलामे डन्डीको उत्पादन एक घण्टामा ४० मेट्रिक टनका दरले गर्नसक्ने उद्योगको स्थापना गरिएको सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले जानकारी दिए ।

उनले अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको भारतीय मेसिनबाट फलामे डन्डीको उत्पादन गरिने बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्