हात्तीसुढे मोटरसाईकल दुर्घटनामा परी १ मृत्यु

<span class='c1'>हात्तीसुढे  मोटरसाईकल दुर्घटनामा</span> <span class='c2'>परी १ मृत्यु</span>

झापा, १० मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका–४ हात्तीसुढे भन्ने स्थानमा सोमवार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा पूर्वबाट दक्षिण तर्फ जाँदै गरेको मे ५ प ८९८४ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा कचनकबल गाउँपालिका(७ बस्ने वर्ष ६५ को देवी लिम्बु र पछाडि सवार झापा भद्रपुर नगरपालिका(१ बस्ने वर्ष ६५ को आइन्द्र लिम्बु घाइते भएका थिए । बिहान ११स्५० बजेको समयमा भएको दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि बिर्तामोड स्थित बिर्ता्सिटी अस्पताल पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार आईन्द्र लिम्बुको दिउँसो सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्