आईएनजी कलेजहरुको एस्पायर इभेन्ट हुदै,बिराटनगरको मेरिल्याण्ड कलेजको सहभागिता हुने

<span class='c1'>आईएनजी कलेजहरुको एस्पायर इभेन्ट हुदै,बिराटनगरको</span> <span class='c2'>मेरिल्याण्ड कलेजको सहभागिता हुने</span>

काठमाडौं मङ्सिर १० । यही डिसेम्बर दुईदेखि चारसम्म आईएनजी ग्रुपले आफ्नो पाँच कलेजको लागि एस्पायर इन्ट्राकलेज प्रतियोगिता २०१८ आयोजना गर्ने भएको छ । ग्रुपले इस्लिङ्टन कलेज काठमाडौँ,  मेरील्याण्ड कलेज विराटनगर, इटहरी इन्टरनेसनल कलेज, हेराल्ड कलेज काठमाडौँ र इन्फर्म्यटिक्स कलेज पोखराको लागि सो कार्यक्रम आयोजना गर्ने भएको हो ।
कार्यक्रमले विद्यार्थीलाई व्यवसायिक जीवनमा आइपर्ने समस्याको रचनात्मक समाधान खोज्न तयार बनाउने विश्वास लिइएको छ ।

साथै, एस्पायरले हरेक सहभागीलाई नयाँनयाँ व्यवसायिक योजनाको परिकल्पना गर्ने अवसर पनि प्रदान गर्नेछ । व्यवसाय व्यवस्थापनको साथमा सूचना प्रबिधि ९आइटी० सम्बन्धी कार्यक्रम समेत एस्पायरमा समावेश हुनेछन् ।

प्रतियोगिता अन्तर्गत सातवटा कार्यक्रम छन् जसमा विद्यार्थीले विभिन्न कार्यहरुमा सहभागिता जनाउने छन् । ती कार्यक्रम स्टार्टअप आइकन, मनि मास्टर, लास्ट मार्केट कल, लिग अफ लिडर, सीइओ अफ द इयर, ब्याटल अफ कोड्स र अ डे इन ब्रिटेन हुन् ।

बिराटनगरको भृकुटी चोकमा रहेको बेलायतको बिबिएम कोर्ष पढाउदै आएको मेरील्याण्ड कलेजका १२ जना बिद्यार्थीले उक्त इभेन्टमा सहभागिता जनाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्