विराटनगरलाई प्लाष्टिकमुक्त महानगर बनाउनका मेयर पराजुलीले पहल शुरु गर्ने

<span class='c1'>विराटनगरलाई प्लाष्टिकमुक्त महानगर बनाउनका मेयर</span> <span class='c2'>पराजुलीले पहल शुरु गर्ने</span>

विराटनगर, १० मङ्सिर । महानगर प्रमुख भीम पराजुलीले विराटनगरलाई प्लाष्टिकमुक्त महानगर बनाउनका लागि पहल सुरु गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। विराटनगरमा सोमबार आयोजित प्लाष्टिकजन्य वस्तु तथा प्लाष्टिकको झोला नियमक तथा नियन्त्रण अभियानका क्रममा सहभागिहरुले महानगरलाई प्लाष्टिकमुक्त नगरका लागि महानगरलाई आग्रह गरेका थिए। नगरबासीसँगको सहकार्यमा यस कार्यलाई गतिदिन सकिने प्रमुख पराजुलीको स्पष्ट पारे।

प्लााष्टिकजन्य फोहोर व्यवस्थापन र सडक निर्माणमा चुनौतिपूर्ण रहेको बताएका महानगर प्रमुख पराजुलीले सबैको साझा अभियान र प्रयासले विराटनगरलाई प्लाष्टिकमुक्त शहर बनाउन आफू तयार रहेको बताए।त्यसैगरी, कार्यक्रममा २० माइक्रोनभन्दा कमको प्लाष्टिकको झोला स्वास्थ्यका लागि हानिकारक भएकाले त्यसमा प्रतिबन्ध लगाउनुपर्ने स्थानीय टोल संगठनका पदाधिकारी केदार कार्कीले बताए।

अर्कोतर्फ विराटनगरस्थित एमएम प्लाष्टिकका सञ्चालक सुयस प्याकुरेलले प्लाष्टिकमुक्त शहर बनाउन सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको स्पष्ट पारेका छन्।विराटनगरमा दैनिक १ सय ५७ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ। जसमा कागजजन्य फोहोर ८ प्रतिशत, प्लाष्टिकजन्य फोहर ९ दशमलव १८ प्रतिशत, कपडाजन्य फोहर ३ दशमलव ०२ प्रतिशत, धातुजन्य फोहर ० दशमलव ९२ प्रतिशत, सिसाजन्य फोहोर २ दशमलव ५० प्रतिशत, रबरजन्य फोहोर ० दशमलव ५४ प्रतिशत, निर्माणजन्य फोहर २ प्रतिशत, अन्य फोहोर ४ दशमलव ३३ प्रतिशत रहेको महानगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्