विराटनगरमा मदिरा सेवन गरी प्रहरीमाथि अाक्रमण गर्नेलाई छुटाउन वडा अध्यक्ष नै प्रर्दशनमा

<span class='c1'>विराटनगरमा मदिरा सेवन गरी प्रहरीमाथि अाक्रमण</span> <span class='c2'>गर्नेलाई छुटाउन वडा अध्यक्ष नै प्रर्दशनमा</span>

विराटनगर,१२ मंसिर। कटहरी गाउँपालिका १ महेशपुरमा  मदिरन सेवन गरी प्रहरी माथि अाक्रमण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे  छ । मापसे चेकजाच गर्ने क्रममा प्रहरी र स्थानीयबासी बीच सोमबार राति झडप हाे । झडपमा संलग्न भएको आरोपमा प्रहरी हवल्दारसहति ३ जनालाई प्रहरीले नियन्त्रणमा लियो । मंगलबार स्थानीय वासिन्दा त्यसकाे विराेधमा जिल्ला प्रशासन कार्यालय र विरेन्द्र सभागृह अगाडी प्रदर्शन गरे  । वडाअध्यक्ष र केही स्थानीयले पक्राउ परेका व्यक्तिलाई छोड्नुपर्ने मागसहित प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् ।  सोमबार साँझ मदिरा सेवन गर्ने  प्रहरी हवल्दार सवदनारायण चौधरी, स्थानीय अनन्तराम चौधरी र जोगनारायण चौधरीलाई पक्राउ गरेको थियो । सवदनारायण प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । पक्राउ परेकाहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको रिपोर्ट आएको  प्रहरीले जनाएकाे छ । मापसे गरी ड्युटीमा रहेका प्रहरीसँग झगडा गरेपछि तीनै जना विरुद्ध प्रहरीले मंगलबार अभद्र व्यवहारको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।

झडपमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान रोजन राई घाइते भएका छन् । स्थानीय बासिन्दाले वियरको बोतल प्रहार गर्दा टाउकोमा चोट लागेपछि चार टाँका लगाइएको थियो । स्थानीयले ढुंगा प्रहार गर्दा प्रहरीका ना १ झ ९२० नम्बरको गाडीको अगाडिको सीसा फुटेको छ । चेकजाँचमा खटिएको प्रहरी टोलीसंग मापसे गरेर आएका स्थानीयले विवाद गरेपछि सामान्य धरपकडको स्थिति सिर्जना भएको बताउदै प्रहरी उपरीक्षक केसीले विवाद गर्नेहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्