सरकारले बजेट निकासा नगर्दा ताप्लेजुङमा सञ्चालित ठूला आयोजना ठप्प

<span class='c1'>सरकारले बजेट निकासा नगर्दा ताप्लेजुङमा</span> <span class='c2'>सञ्चालित ठूला आयोजना ठप्प</span>

ताप्लेजुङ,१२ मङ्सिर ।  सरकारले बजेट निकासा नगर्दा ताप्लेजुङमा सञ्चालित ठूला आयोजना ठप्प छन्। १२ वर्षअघि स्थापना भएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग कार्यालय उठेसँगै विकासको काम प्रभावित भएको हो। लोकमार्ग कार्यालय मातहतमा रहेका तिब्बत जोड्ने तमोर करिडोरको फूलबारी–दोभानखण्ड, दोभान ओलाङचुङगोला सडकको दोभान–थिवाखण्ड, मदन भण्डारी राजमार्गको बहानन्दे–दोभानखण्ड स्तरोन्नति, दोभान–नाल्वु–पापुङ सडक अलपत्र परेका छन्।यस्तै सोही कार्यालयले हेर्ने तमोर नदीमाथिको दगुर्ने मोटरेबल पुल, दोभान ओलाङचुङगोला सडकको थिवा र तावाखोला मोटरेबल पुलको समेत काम रोकिएको छ। आफूहरूले गरेको कामको पैसा नपाएको र निर्माणस्थलको अनुगमन गर्ने प्राविधिकसमेत नहुँदा काम गर्न नपाएको सेवालुङ निर्माण प्रालिका प्रोपाइटर जसबहादुर चेम्जोङले बताए। ‘अहिले धमाधम काम गर्ने समय हो’, चेम्जोङले भने,‘न कामको अनुगमन गर्ने कार्यालय छ, न प्राविधिक छन्।’ बजेट निकासा गर्ने कार्यालय नै उठेपछि समस्या भएको निर्माण व्यावसायीको दाबी छ। करोडौंका यी योजनामा सरकारको उपस्थिति छैन। उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग ताप्लेजुङबाट उठेको छ। त्यसका कर्मचारी अरु नै कार्यालयमा सरुवा भएका छन्।

यस्तो अवस्थामा तोकिएको समयभित्र काम सक्न कठिन हुने निर्माण व्यावसायी संघका जिल्ला अध्यक्षसमेत रहेका चेम्जोङ बताउँछन्। तिब्बत जोड्ने दोभान–ओलाङचुङगोला सडकको २०७४ पुसमा ठेक्का लागेको हो। त्यहाँ काम हुन सकेको छैन। तमोर करिडोरको फूलबारी–दोभानखण्डको म्याद सकिन एक महिना बाँकी छ तर असारयता काम ठप्प छ। अन्नपर्ण पाेष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्