काठमाडौं मङ्सिर १२ ।
एनआईसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाबाट सानिमा इन्स्योरेन्सकको निर्जीवन बीमा पोलिसिी खरिद गर्न सक्नेछन् ।
यससम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे ।