राजविराज : सप्तरीको सरुङ्ग नगरपालिकाका पाँचवटा वडालाई मङ्गलबार बालविवाहमुक्त वडा घोषणा गरिएको छ । सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
सवल नेपाल, सेभ द चिल्ड्रेन र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो । रासस