इटहरीको व्यस्त बजारमा छुरा प्रहार गरी मनि ट्रान्सफरका सञ्चालक लुटिए

<span class='c1'>इटहरीको व्यस्त बजारमा छुरा प्रहार</span> <span class='c2'>गरी मनि ट्रान्सफरका सञ्चालक लुटिए</span>

इटहरी, १२ मङ्सिर। इटहरीको व्यस्त बजारमा छुरा प्रहार गरी मनि ट्रान्सफरका सञ्चालक लुटिएका छन् । इटहरी– ९ स्थित विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरमा आज दिउँसो साढे १ बजे छुरा प्रहार गरी लुटपाट भएको छ । २ जनाको समूहमा आएका लुटेराले मनी ट्रान्सफरका सञ्चालक चित्रबहादुर बस्नेतका ज्वाइँ सबिन दाहालमाथि छुरा प्रहार गरी लुटपाट गरेका हुन् । उनीहरूले कति रकम लुटपाट गरे भन्ने थाहा हुन नसकेको सञ्चालक बस्नेतले बताए । घटनास्थलबाट ५० मिटर टाढा रहेको प्रहरी बिटबाट समयमै प्रहरी घटनास्थल आउन नसकेको स्थानीयले बताए ।

कोशी राजमार्गसँगै टाँसिएको ट्रान्सफर राजमार्गबाट पूर्वतर्फ रहेको छ भने प्रहरी बिट त्यसको ठीक पश्चिमतर्फ रहेको छ । प्रत्यक्षदर्शीका अनुसार लुटेराले लुटपाट गरेपछि एक जना उत्तरतर्फ र एक जना दक्षिणतर्फ पैदलै भागेका थिए । नगद कति लुटियो भन्ने यकिन हुन नसकेको बताइएको छ । घाइते दाहालको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्