यस्तो पनि : सोलुखुम्बुमा वडा कार्यालय बन्द, अध्यक्षकै झोलाबाट सेवा प्रवाह

<span class='c1'>यस्तो पनि : सोलुखुम्बुमा वडा कार्यालय</span> <span class='c2'>बन्द, अध्यक्षकै झोलाबाट सेवा प्रवाह</span>

सोलुखुम्बु, मङ्सिर १३ गते । यहाँको महाकुलुङ गाउँपालिका–३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुन्छ । वडाको आफ्नै भवन भए पनि महीनौँ महीना कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् ।

वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीसमेत नआउने गरेको स्थानीय प्रशान्त विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा जनप्रतिनिधिनै आउँदैनन् अनि कसरी सेवा लिन हामी त्यहाँ जानु रु” वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवा वडा कार्यालयबाट प्रदान गरिनुपर्ने भए पनि छेस्काममा भने त्यो नभएको स्थानीयको गुनासो छ ।

सेवा लिने सेवाग्राहीले वडाध्यक्षसँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा आदानप्रदान गर्ने गरेको स्थानीय रामबहादुर कुलुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश वडाले कर्मचारीनै व्यवस्था गरेर कार्यालयबाट सेवा प्रदान गर्ने गरिएको भए पनि महाकुलुङमा कुनै व्यवस्था९सिस्टम० छैन ।” आफ्नै वडा कार्यालयको भवन भए पनि वडा कार्यालयको सेवा झोलामार्फत प्रदान गरिनु लज्जास्पद भएको स्थानीयको भनाइ छ ।

यता वडाध्यक्ष दिकबहादुर कुलुङले कार्यालय समय नभनीकन सेवा प्रदान गरिरहेको बताउनुभयो । वडासचिवसमेत स्वास्थ्यका कर्मचारी भएकाले आफूले झोलामार्फतनै वडा कार्यालयको सेवा प्रदान गर्ने गरेको बताउनुभयो । कार्यालय खुले पनि नखुले पनि सेवा बन्द नभएको वडाध्यक्ष कुलुङले दाबी गर्नुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्