भोजपुरमा प्रयोग नहुँदै जीर्ण बन्यो पर्यटन सूचना केन्द्र

<span class='c1'>भोजपुरमा प्रयोग नहुँदै जीर्ण</span> <span class='c2'>बन्यो पर्यटन सूचना केन्द्र</span>

भोजपुर,१४ मङ्सिर । भोजपुर नगरपालिका–१२ टक्सारमा लाखौं लगानीमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई नै जीर्ण बनेको छ ।कलात्मकरुपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने तथा जुवातास खेल्ने थो बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरहेको छ ।सो भवन करिव ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । भवनमा लगाइएको झ्याल ढोका निकै कलात्मक ढंगले बनाइए पनि सरोकारवालाले ध्यान नदिंदा जीर्ण बन्दै गएको हो ।शुरुमा थोरै मात्र स्थानमा घेराबार गरिएको भए पनि हाल यसको अवस्था बेहाल छ । भवनमा लगाइएका सम्पूर्ण ताला फोडिएकाका छन् भने निर्माण भएको शौचालय, विद्युतको वायरिङलगायका सबै निर्माण सामग्री तोडफोड भएका छन् ।

स्थानीय सुजन उदासले भने, ‘राज्यको लाखौं लगानीमा बनेको भवन संरक्षणबिहीन छ ।’ प्रयोगमा नआई भवन जीर्ण बन्यो, ठूलो लगानीमा निर्माण गरिएको भवन अहिले जुवातास खेल्ने स्थान बनेको छ, उनले चिन्ता व्यक्त गरे ।करिव ६ वर्षअघि तत्कालीन पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चलका १६ जिल्लाको एउटै मात्र पर्यटन प्रवद्र्धनका रुपमा सो भवन निर्माण गरिएको हो ।

जिल्लाका निर्माण व्यावसायी धिरेन्द्र श्रेष्ठका अनुसार सो केन्द्रको क्षेत्रमा अहिले बाक्लो झाँडीले ढाकेको छ भने भवनका काठपात, फर्निचर तथा फलामजन्य सामानहरु कामै नलाग्ने अवस्थामा पुगेका छन् । सो भवन केन्द्र, प्रदेश तथा स्थानीय तह कस्को जिम्मामा रहने टुङ्गो नलाग्दा संरक्षणमा समस्या भएको वडा कार्यालयले जनाएको छ ।

भोजपुर नगरपालिका–१२ का वडा अध्यक्ष कुमार श्रेष्ठले भने, ‘भवन जीर्ण अवस्थामा छ, अहिले दुरुपयोग भइरहेको छ, तर यसको संरक्षणमा हामीलाई अधिकारिक जिम्मेवारी नआएकोेले संरक्षण हुन सकिरहेको छैन ।’ जिल्लाको ऐतिहासिक टक्सारक्षेत्र, दर्जनौ मठमन्दिर, सुन्दर बेँसीका फाँट र हवाई उडानको मनोरम दृश्यावलोकन गर्न सकिने उक्त सूचना केन्द्रको भवन सुचारु सञ्चालन हुन सके यहाँको पर्यटन व्यवसाय फस्टाउने स्थानीयवासी आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्