भारत विहारका दुई भारतीय लागूऔषधसहित काठमाडौँमा समातिए

<span class='c1'>भारत विहारका दुई भारतीय</span> <span class='c2'>लागूऔषधसहित काठमाडौँमा समातिए</span>

काठमाडौँ, मङ्सिर १४ गते । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो ।महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

कार्यालयका अनुसार ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताउनुभयो ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्