ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चार महिनामा करिव ५० लाख चढाए

<span class='c1'>ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चार</span> <span class='c2'>महिनामा करिव ५० लाख चढाए</span>

ताप्लेजुङ,  मङ्सिर १४ । प्रदेश नम्बर १ को प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा करिव ५० लाख सङ्कलन भएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो ।

यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकी छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् ।

वार्षिक स्वदेशी तथा विदेशी गरी दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी सङ्कलन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्