झापामा निर्दयी शिक्षिकाले ३ बर्षीय बालिकालाई यातना दिई घाइते

<span class='c1'>झापामा निर्दयी शिक्षिकाले ३ बर्षीय</span> <span class='c2'>बालिकालाई यातना दिई घाइते</span>

दमक मङ्सिर १४ ,

झापाको दमकस्थित ग्लोबल बोर्डिङ स्कूलमा नर्सरीमा अध्ययनरत एक छात्रालाइ शिक्षिकाले यातना दिएको पाइएको छ । शिक्षिका भुमिका सेन्चुरीले शरिरमा निलडाम हुने गरी कुटेपछि ३ बर्षिया छात्रा आरुसी पन्थी बिरामी परेकी छन् । उनलाइ दमकको निम्स अस्पतालमा भर्ना गरिएको छ ।

विद्यालयबाट मावली घर आएपछि बालिकाको माइजूले स्कुलको ड्रेस चेञ्ज गर्ने क्रममा निलडाम घाउ देखेपछि मामाले स्कुलमा पुगेर एक शिक्षकसँग सोधपुछ गरेका थिए । तर, सोधपुछका क्रममा ती शिक्षिकाले घटनाबारे कुनै प्रतिकृया नदिएपछि आफूले उपचारका लागि अस्पताल ल्याएको मामा बिक्रम केसीले बताए ।

बिद्यालयका प्रीन्सिपल गुणराज अधिकारीले बालिकाको अवस्था बुझ्न अस्पताल पुगेर दोषीलाइ कार्वाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्