आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बाबुलाई २३ वर्ष कैद

<span class='c1'>आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती</span> <span class='c2'>बनाउने बाबुलाई २३ वर्ष कैद</span>

चौतारा, रासस । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबरर्जस्ती करणी गरेका थिए । पटक पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे “ङ” ले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे “घ” विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबरर्जस्ती करणीको तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो ।

श्रेस्तेदार पौडेलका अनुसार साउनदेखियता सम्बन्ध विच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्