निर्मला पन्तको तस्बिर च्यात्दै प्रहरी , पोस्टर टाँस्ने १२ जना पक्राउ

<span class='c1'>निर्मला पन्तको तस्बिर च्यात्दै प्रहरी ,</span> <span class='c2'>पोस्टर टाँस्ने १२ जना पक्राउ</span>

काठमाडौैँ मङ्सिर १४ – कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ परेको छ।

सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरुलाई माइतीघर मण्डलाबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई सिंहदरबारस्थित प्रहरी वृत्तमा लगिएको छ।

यसअघि, गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोस्टर काठमाडौँका अधिकांश सार्वजिकस्थलमा टाँगिएको थियो। सामाजिक सुधार योजनाको घोषणा कार्यक्रममा तयारी चलिरहँदा अधिकांश पत्रपत्रिकाहरु पनि ओलीको तस्बिर अंकित विज्ञापनले रंगिएका थिए।

त्यसैलाई चुनौती दिँदै काठमाडौँमा निर्मला पन्तका हत्यारालाई कारबाही गर्न मागसहित टाँसिएका पोस्टर गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा प्रहरी बिहीबार हटाएको थियो।

काठमाडौँका विभिन्न स्थानमा ओलीकै तस्बिरमुनि बुधबार राति टाँसिएका निर्मला पन्तका तस्बिर प्रहरीले बिहीबार दिउसो हटाएको थियो। गृह मन्त्रालयले निर्मलाका पोस्टर तत्कालै हटाउन निर्देशन दिएपछि प्रहरीले पोस्टर हटाएको हो।

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर निर्मलाको तस्बिरसहित टाँसिएपछि सरकारको ध्यानाकर्षण पनि भएको छ। प्रहरीले उक्त तस्बिरहरु हटाएपनि शुक्रबार फेरि विद्यार्थी तथा सामाजिक अभियन्ताहरुले पोस्टर टाँस्न थालेका थिए।

गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा निर्मलाको शव फेला परेको थियो। न्याय नपाएपछि उनका पिता यज्ञराज पन्तलाई मानसिक समस्या देखिएको छ। उनको शिक्षण अस्पतालमा उपचार हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्