खोटाङमा ज्यान मार्ने उद्योग मुद्धाका दोषी ११ वर्षपछि जेल चलान

<span class='c1'>खोटाङमा ज्यान मार्ने उद्योग मुद्धाका दोषी</span> <span class='c2'>  ११ वर्षपछि जेल चलान</span>

खोटाङ, १४ मङ्सिर ।  खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका छन् । ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ साल वैशाख २० गते ६ वर्ष ७ महिना १० दिन कैद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७, सुदेलका ५६ वर्षीय सानकुमार राई जेल चलान भएका हुन् ।

अदालतबाट कैद सजायको फैसला सुनाइए पनि अहिलेसम्म फरार रहेका राईलाई पक्राउ गरेको दोश्रो दिन कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । घरैमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा बिहीबार पक्राउ गरेर शुक्रबार अदालतमा उपस्थित गराइएकामा राईलाई शुक्रबार जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्