झापाकी १९ वर्षीया भावनाकाे जडीबुटीमा रहस्यमय मृत्यु

<span class='c1'>झापाकी १९ वर्षीया भावनाकाे जडीबुटीमा</span> <span class='c2'> रहस्यमय  मृत्यु</span>

काठमाडौँ, १५ मङ्सिर । जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको उपचारका लागि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धनका लागि लोप्चनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

यसैबीच सोही वडाको सरस्वतीनगरमा बारा कलैयाका ४० वर्षीय प्रितम कुमारको इलेक्ट्रोनिक्स पसलबाट आज करीब रु दुई लाख बराबरको छ थान टिभी चोरी भएको छ । चोरीमा संलग्न रहेका व्यक्तिको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्