सोलुखुम्बुकाे गाउँपालिका वडा अध्यक्षका झाेले कार्यालय, जहाँ भेट्यो त्यहीँबाट सेवा प्रदान

<span class='c1'>सोलुखुम्बुकाे गाउँपालिका वडा अध्यक्षका झाेले कार्यालय,</span> <span class='c2'>जहाँ भेट्यो त्यहीँबाट सेवा  प्रदान</span>

सोलुखुम्बु,१३ मङ्सिर। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको ३ नम्बर वडाका सेवाग्राही केही काम पर्‍यो कि तुरुन्तै वडाध्यक्ष दिकबहादुर कुलुङलाई फोन गर्छन् । अनि वडाध्यक्षलाई जहाँ भेटियो त्यहीँ सेवा आदानप्रदान गर्छन् । स्थानीय रामबहादुर कुलुङ भन्छन्, ‘अधिकांश वडाले कर्मचारी नै व्यवस्था गरेर कार्यालयबाट सेवा प्रदान गर्ने गरिएको भए पनि महाकुलुङमा त्यस्तो छैन ।’

गाउँपालिकाको छेस्कममा वडाको आफ्नै भवन पनि छ, तर कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राही पनि कार्यालयसम्म नआउने गरेको स्थानीय प्रशान्त विश्वकर्मा बताउँछन् । उनी भन्छन्, ‘कार्यालयमा जनप्रतिनिधि नै आउँदैनन् अनि कसरी सेवा लिन हामी त्यहाँ जानु ?’ वडा कार्यालय महीनौं–महीना बन्द रहने भन्दै आफ्नै भवन भएपनि वडा कार्यालयको सेवा झोलामार्फत प्रदान गरिनु लज्जास्पद भएको स्थानीय गुनासो गर्छन् ।

यता वडाध्यक्ष दिकबहादुर कुलुङ भने आफूले कार्यालय समय नभनीकन सेवा प्रदान गरिरहेको बताउँछन् । वडासचिवसमेत स्वास्थ्यका कर्मचारी भएकाले आफूले झोलामार्फत नै वडा कार्यालयको सेवा प्रदान गर्ने गरेको वडाध्यक्ष कुलुङको भनाइ छ । कार्यालय खुले पनि नखुले पनि सेवा बन्द नभएको उनको दाबी छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्