साँझ ‘हामीलाई सुरक्षा दिनुस्’ भन्दै घर छिरेकाले मध्यराती हतियार देखाएर सर्वस्व लुटे

<span class='c1'>साँझ ‘हामीलाई सुरक्षा दिनुस्’ भन्दै घर</span> <span class='c2'>छिरेकाले मध्यराती हतियार देखाएर सर्वस्व लुटे</span>

चितवन,१६ मङ्सिर । साँझ ७ बजेतिर ३ जना युवा ‘हामीलाई बचाइदिनुस्, सुरक्षा दिनुस्’ भन्दै भरतपुर ८ गौरीगन्ज ज्योतिष टोलस्थित तारानाथ सुवेदीकोे घरमा पसे। घरधनीले आपत् परेको होला भनेर आश्रय दिए । राति १० बजेपछि जाने भन्दै उनीहरूले सोही घरमा खाना पनि खाए । आश्रय दिएकै युवा लुटपाट गरी फरार भए। ७ मंसिरमा सुवेदीको घरबाट २ लाख नगदसहित ७ लाखबराबरको धनमाल लुटपाट भएको छ। मोटरसाइकलसमेत लुटेराले लगेकामा भोलिपल्ट भोजाडमा भेटिएको चितवन प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले लेखेका छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले ३ जना पक्राउ गरेको छ । मकवानपुर हेटौँडा २ का ५० वर्षे रामचन्द्र थापा, मकवानपुर राक्सिराङ ८ का ३२ वर्षे रामकुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका ७ आग्रा चौवासका ४८ वर्षे सन्तबहादुर थिङलाई प्रहरीले पक्रेको हो।

हतियार देखाएर लुटेः सुवेदी
छोटो दिन, रात परिसकेको थियो । तीनजना केटा हस्याङफस्याङ गर्दै दौडिएर आए । घरमा बूढी आमा, पाहुना बहिनी–ज्वाइँ, भुराभुरी सबै थियौँ। साँझका वेला ज्यान जोगाइदिनुप¥यो भन्दै आएपछि हामीले पनि नाइनास्ती गरेनौँ । उनीहरूले ‘दस बजेसम्म बसेर निस्कन्छौँ’ भने । बेलुकी खाना पकाएर दियौँ । एकजनाले खाना खाए । हामी सबै एउटै कोठामा बसेर गफ गर्र्दै थियौँ।

वरपर सबै चकमन्न भइसकेको थियो । उनीहरूले चक्कु, हथौठालगायत हतियार देखाए । हामी एकाएक अचम्मित भयौँ। तीमध्ये २ जना मंगोलियन र १ जना आर्य समुदायका जस्ता थिए । ‘तिमीहरूसँग नगद पाँच लाख छ, त्यही लिन आएका,’ भने । मसँग जम्मा २ लाख थियो । मैले, ‘दुई लाख छ,’ भनेँ। उनीहरूले, ‘जसरी पनि पाँच लाख पु¥याएर लैजाने हो, केके छ निकाल,’ भने । त्यसपछि घरमा भएको गरगहना, बहिनी ज्वाइसँग भएको गहना पनि लुटे । साथमा रहेका चारवटा मोबाइल पनि लुटेर लगे । मोटरसाइकल पनि लगे । राति दुई बजे हामीलाई भित्र थुनेर निस्के।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्