चितुवाकाे अाक्रमणबाट तनहुँमा बालककाे ज्यान गयाे

<span class='c1'>चितुवाकाे अाक्रमणबाट तनहुँमा </span> <span class='c2'>बालककाे ज्यान गयाे</span>

तनहुँ, १६ मङ्सिर ।  चितुवाकाे अाक्रमणबाट तनहुँमा शनिबार साँझ एक बालककाे ज्यान गएकाे छ । भानु नगरपालिका – २  ढलेकाे बरमा चितुवाले अाक्रमण गर्दा १०  वर्षीय बालक अमृत गुरूङकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । साँझ ७ बजेतिर बेलुकीकाे खाना खाएर  हात चुठ्ने क्रममा चितुवाले बालकमाथि अाक्रमण गरेकाे अमृतका बुबा माईला गुरूङले बताउनुभयाे ।बालककाे उपचारकाे क्रममा डुम्रेमा रहेकाे लक्ष्मी अस्पतालमा ज्यान गएकाे हाे ।

यसअघि पनि भानु नगरपालिकामा चितुवाकाे अाक्रमणबाट २ बालबालिकाले ज्यान गुमाइसकेका छन् । गएकाे कार्तिक २९ गते भानु नगरपालिका– ४ की ४ वर्षीय रन्जिता लम्सालकाे चितुवाकाे अाक्रमणबाट ज्यान गएकाे थियाे । त्यस पश्चात् सुरक्षाकर्मीले चितुवाकाे खाेजी गरे पनि फेला नपरेपछि छाेडेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्