क्याम्पसमा कम विद्यार्थी संख्या भए गाभ्ने प्रावधान सुरु

<span class='c1'>क्याम्पसमा कम विद्यार्थी संख्या</span> <span class='c2'>भए गाभ्ने प्रावधान सुरु</span>

काठमाडौं मङ्सिर १६ । त्रिभुवन विश्वविद्यालयले सरकारी तथा निजी क्याम्पसमा कम विद्यार्थी संख्या रहेको विषयलाई गाभ्ने प्रावधान सुरु गरेको छ । त्रिविले कम्तिमा १० जना विद्यार्थी भएको विषयको कक्षामात्रै संचालन गर्ने र सो भन्दा कम भएमा गाभ्ने नीति लिएको हो ।

त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. ऋदिशकुमार पोखरेलले विद्यार्थी सङ्ख्या थोरै भएका कार्यक्रमहरु सञ्चालन गर्दा खर्चिलो हुने बताउँदै भने, “एउटा क्याम्पसमा कुनै विषयको ३ जनामात्रै विद्यार्थी छन् भने अर्को बढी विद्यार्थी संख्या भएको नजिकको क्याम्पसमा ती विद्यार्थीलाई लगेर पढाउने हो ।’’

उनले यसले गर्दा खर्च कम हुने र विद्यार्थीले पढ्नसमेत पाउने बताए । यद्यपि कतिपय क्याम्पसले सुरुमा उक्त नीतिको विरोध गरेपनि हाल गाभ्न सहमत भएको जनाइएको छ ।  उनले कीर्तिपुर केन्द्रीय विश्वविद्यालयमा संस्कृति, इतिहासलागयतको विषयमा विद्यार्थी संख्या नभएकोले मर्ज गरेर पढाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्