उर्लाबारी उद्योग वाणिज्य सङ्घद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

<span class='c1'>उर्लाबारी उद्योग वाणिज्य सङ्घद्वारा</span> <span class='c2'>अग्निपीडितलाई आर्थिक सहयोग</span>

उर्लाबारी, मङ्सिर १६। यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आज आर्थिक सहयोग गरेको छ ।

सङ्घले राहत सङ्कलन समितिको निर्माण गरी सङ्कलित रकम आगलागी पीडित उर्लाबारी –७ का भक्तिराम अधिकारी, अञ्जना कार्की र गणेश बोहरालाई हस्तान्तरण गरेको हो । अधिकारीलाई रु तीन लाख २० हजार, अनु–अनुसा किराना पसलका सञ्चालिका अञ्जना कार्कीलाई रु एक लाख ३० हजार र भोजपुरे भाँडा पसलका सञ्चालक गणेश बोहरालाई रु ४० हजार सहयोग गरिएको सङ्घका अध्यक्ष प्रीतम खड्गीले जानकारी दिनुभयो ।

सङ्घले अध्यक्ष खड्गीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी नगरका होटल र सुनचाँदी व्यवसायी, मैथिली समाजलगायत स्थानीय व्यवसायीसँग रकम सङ्कलन गरेर अग्निपीडितलाई हस्तान्तरण गरेको हो । यही मङ्सिर ४ गते अधिकारीका घरबाट विद्युत् चुहावट भई आगलागी भएको थियो ।
(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्