नेपाल राष्ट्रबैकमा कतिहोला पैसा ? पैसा राख्ने ढुकुटी सार्याे

<span class='c1'>नेपाल राष्ट्रबैकमा कतिहोला पैसा </span> <span class='c2'>? पैसा राख्ने ढुकुटी सार्याे</span>

काठमाडौं, १६ मङ्सिर । नेपाल राष्ट्र बैंकले पैसा राख्ने ढुकुटी सारेको छ । हालसम्म थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयमा राखिएका मुद्राको भण्डारलाई आईतबारसम्म केन्द्रीय कार्यालय बालुवाटारमा सारिसकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार थापाथली शाखाको मूल भवन निर्माणको काम सुरु भएकोले त्यहाँका सबै विभागहरु केन्द्रीय कार्यालयमा सारिएको हो । सोही क्रममा मुद्रा व्यवस्थापन विभाग पनि केन्द्रीय कार्यालयमा सारिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले जानकारी दिए । अहिले राष्ट्र बैंकको वि ब्लकमा कडा सुरक्षाका साथ मुद्रा भण्डारणको व्यवस्था गरिएको पौडेलले जानकारी दिए । मुद्रा व्यवस्थापन सर्ने निश्चित भएपछि केही दिन अघि देखि नै राष्ट्र बैंक प्रवेशमा कडाई गरिएको छ ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार बजारमा ५ खर्ब १५ अर्ब २४ करोड ७० लाख ९६ हजार रुपैंयाका नोटहरु चलन चल्तीमा रहेका हुन् । तर राष्ट्र बैंकको ढुकुटीमा भने जम्मा ९ अर्ब ७६ करोड ७६ लाख ३६ हजार ३ सय ३९ रुपैंयाँ मात्रै रहेको छ । सो नोट मध्ये बजारमा राष्ट्र बैंकले चलन चल्तीमा भने ५ खर्ब ५ अर्ब ४७ करोड ९४ लाख २२ हजार ३ सय ६१ रुपैयाँ  ल्याएको छ । भूकम्पका कारण ढुकुटी भत्किएपछि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुसँग पैसा लिन छाडेको थियो ।

राष्ट्र बैंककै बैंकिङ विभागका अनुसार केन्द्रीय बैंकमा २ खर्ब २२ अर्ब २४ करोड २७ लाख ९७ हजार ९ सय ८३ रुपैंयाँ सरकारी पैसा रहेको छ । त्यस्तै, ६३ अर्ब ७५ करोड ८१ लाख २१ हजार ९ सय ९६ रुपैंयाँ बाणिज्य बैंकहरुको दायित्व केन्द्रीय बैंकसँग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्