विराटनगरको शिक्षादिप कलेजका विद्यार्थी कलेज पोसाक मै चिसाङ खोला पुगे (फोटो कथा)

<span class='c1'>विराटनगरको शिक्षादिप कलेजका विद्यार्थी कलेज पोसाक</span> <span class='c2'>मै चिसाङ खोला पुगे (फोटो कथा)</span>

प्रेम देवान ।
विराटनगर, १६ मंसिर । हातमा रातो हातेझोला भिरेकी । खोलाको किनारबाट आउँदै थिईन् कृति राई । उनी कलेज पोसाकमा नै थिईन्। उनीसँगै खोलाको अलिक तल केही उनका साथिहरु पनि । राईको हातमा खोला किनारमा पाईने केही बोटबिरुवाका पात तथा केही जराहरु पनि थिए । त्यस्तै उनीसँगै अन्य साथिहरुको पनि अबस्था उस्तै नै थियो ।

https://www.facebook.com/ourbrt/videos/316055075663132/?eid=ARCt1fluOIueUTWGLem2S7BgdBuX9Y4cu4S_zaoHa6ubNqPBooo7IA-FQ5nVvg-GZbHKArgWsMvU2lVE

लेटाङ्ग नगरपालिका १ र ६ नम्बर वडाको विचमा पर्ने चिसाङ खोलाको बगर तथा खोला किनारमा बिद्यार्थीहरु पोसाकमै आफ्नै सुरमा के के खोज्दै थिए । कोही खोलामा पाईने स– साना जीवहरु बटुल्दै थिए भने कोही पहाड र खोला नालामा पाईने फरक फरक किसिमको माटो ढुङ्गा अनि गिटीहरुको अबलोकन गर्दै थिए ।
विद्यार्थीको साथमा प्रायः भेटिने भनेको किताव, कलम अनि कापी हो । यसरी खोला किनारमा भौतारिँदै भेटिएका बिद्यार्थी थिए विराटनगगरमा रहेको शिक्षादिप कलेजको कक्षा ११मा साईन्स अध्ययन गर्दै आएका बिद्यार्थीहरु । करिब २ सय बढी विद्यार्थीहरु कलेज पोसाक मै फरक–फरक समुहमा विभाजित भएर खोला किनारमा बिभिन्न बस्तु, जीव तथा बनस्पतिको अध्ययन गरिरहेका थिए ।
यसको एउटै कारण थियो, जीव विज्ञान सम्बन्धि विद्यार्थीहरुलाई स्थलगत शैक्षिक अध्ययनसँगै अवलोकन । कलेजले हरेक बर्ष यसरी आफ्ना विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिन बिभिन्न क्षेत्रमा लग्दै आएको छ । कलेजका प्राचार्य ज्ञानु खड्काले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहरिक ज्ञान हाँसिल गराउन प्रत्येक बर्ष यसरी स्थलगत अध्ययन गराउने गरेको बताए ।
चिसाङ खोलाको करिब २ किलो मिटर क्षेत्रफल भित्र विद्यार्थीहरुले जैविक विविधता सम्बन्धि अध्ययन तथा अवलोकन गरेका थिए । विद्यार्थीहरुलाई कलेजका विज्ञान संकायका शिक्षकहरुले सहजीकरण गरेका थिए । पर्यावरण, पारिस्थितीक प्रणाली र वनस्पती, जीव विज्ञान सम्बन्धि वैज्ञानिक अनुसन्धानको आधारमा खोज तथा अनुसन्धान गराईएको प्रोफेसर ललित नारायाण मण्डलले बताए । यसरी स्थलगत अध्ययन गरेपछि विज्ञान विषयका विद्यार्थीहरुलाई परीक्षामा प्रयोगात्मक अभ्यासको रुपमा यसले मद्वत पुग्ने जीव विज्ञान विषयका प्राध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्