झापामा दुर्घटना : तीन सवारीसाधन एक आपसमा ठोक्किदा तीनजना घाइते , दुई गम्भीर

<span class='c1'>झापामा दुर्घटना : तीन सवारीसाधन एक आपसमा</span> <span class='c2'>ठोक्किदा तीनजना घाइते , दुई गम्भीर</span>

विर्तामोड ,१६ मङ्सिर ।  पूर्वपश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिकाको जुके कल्भटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा तीनजना घाइते भएका छन्। दुईको अवस्था गम्भीर छ।

आइतबार साँझ करिब पाँच बजे पश्चिमबाट पूर्वतर्फ आइरहेको मे १ च १८०७ मारुती भ्यान, सोही दिशाबाट आउँदै गरेको मे १ ब ३५० सरकारी मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २३३० टाटा सुमो ठक्कर खाँदा दुर्घटना भएको हो।bदुर्घटनामा मोटरसाइकल चालक इलाम सिचार्इं कार्यालयमा कार्यरत इलाम देउमाई नगरपालिका ३ का ३१ वर्षीय जोसेफ राई, भ्यान चालक कनकाई नगरपालिका २ का ३१ वर्षीय डम्बर कार्की र भ्यानमा सवार कनकाई नगरपालिका १ का ६० वर्षीय कुबेर नेपाली घाइते भएका हुन्।

घाइतेमध्ये मोटरसाइकल चालक र भ्यान चालकको अवस्था गम्भीर छ। भ्यानमा सवार नेपालीको अवस्था भने समान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेशकुमार राईले जानकारी दिए। गम्भीर घाइते दुई जनाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते नेपाली प्राथमिक उपचारपछि घर फर्किएका छन्। मोटरसाइकल र मारुती भ्यान पश्चिमबाट पूर्वतर्फ आउने क्रममा मोटरसाइकलले ओभरटेक गर्न लाग्दा पूर्वबाट पश्चिमतर्फ गइरहेको टाटासुमोसँग ठक्कर खाएको थियो। त्यसपछि तीनवटै सवारी ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ। सुमोका चालक फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्