काठमाडाैँ,१७ मङ्सिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य सिफारिस गरेको छ। किसानको लागत खर्च र सरकारले दिने अनुदान रकमसहित जोडेर सरकारले उखुको मूल्य पाँच सय १८ रुपैयाँ ८९ पैयाँ सिफारिस गरेको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।
मन्त्रालयले किसानले माग गरेभन्दा प्रतिक्वीन्टल २७ रुपैयाँ कम सिफारिस गरेको हो। यस सिजनको लागि उखुको मूल्य निर्धारण गर्न किसान र उद्योगीबीच पटक पटक छलफल भए पनि मूल्यमा अझै सहमति भएको छैन।