प्रहरी जवानलाई विराटनगरको रानी तालिम केन्द्रमै गोली लाग्याे

<span class='c1'>प्रहरी जवानलाई विराटनगरको रानी</span> <span class='c2'>तालिम केन्द्रमै गोली लाग्याे</span>

विराटनगर, १८ मंसिर । विराटनगरमा रहेको क्षेत्री तालिम गर्ने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाईते भर्एका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रमा आज दिउँसो तालिमका क्रममा गोली लागेर सिरहा घर भएका २७ वर्षीय राजेन्द्र यादव घाइते भएका हुन् । तालिम लिने क्रममा उनीमाथि गोली लागेको प्हरीले जनाएको छ । प्रशिक्षार्थी प्रहरीहरुलाई तालिममा गोली हान्न सिकाउने क्रममा दिउँसो २ बजे घटना भएको हो ।

प्रशिक्षार्थीहरुलाई फायरिङ गराउने क्रममा अचानक पेस्तोलमै गोली अड्किन पछि त्यही पेस्तोल सफा गरेर बाहिर निकाल्न लाग्दा गोली पड्किएर प्रहरी जवानको हत्केलाबाट पार भएको तालिम केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शहकुलबहादुर थापले बताए ।

घटनापछि घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । अहिले उनको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । बिराटनगरको गोल्डेन अस्पताल भर्ना भएका घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्