बिराटनगरको नोबेलमा नौ देशका बरिष्ठ न्यूरो सर्जनको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन

<span class='c1'>बिराटनगरको नोबेलमा नौ देशका बरिष्ठ</span> <span class='c2'>न्यूरो सर्जनको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन</span>

बिराटनगर, मंसिर १९।

नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ देशका बरिष्ठ न्यूरो सर्जनहरु भेला भएका थिए ।

कार्यक्रममा ब्राजिल, ईङ्ल्याण्ड, जापान, चिन, भारत, पाकिस्तान, अफ्रिका, क्यानडा र नेपालका करिव ३० जना बरिष्ठ न्यूरो सर्जन सहभागि थिए । उनीहरुले कार्यक्रममा सहभागि नेपाल, भारत, पाकिस्तान लगायत देशका न्यूरो सर्जरी सम्बन्धि बिद्यार्थी र आवासिय चिकित्सकहरुको क्षमता अभिबृद्धिका लागि न्यूरो सर्जरीका विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका छन् । फरक–फरक देशका न्यूरो सर्जनहरुले भिन्न–भिन्न विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणसँगै उनीहरुले आ–आफ्नो कार्य अनुभव, अवसर र चुनौतिका विषयमा पनि जानकारी गराए ।

कार्यक्रममा न्यूरो सम्बन्धि कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.आईप चेरियन, डा.प्रकाश काफ्ले, डा.प्रमोद चौधरी, डा.भिग्नेस, डा.दिपक पौडेल, डा.सरन्या लगायतले न्यूरो सर्जरीका विषयमा कार्यपत्र प्रस्तुत गरेका हुन् । कार्यक्रममा बिभिन्न देशका करिव १ सय ५० जना न्यूरो सर्जरी सम्बन्धि विद्यार्थी र आवासिय चिकित्सकहरु सहभागि थिए ।

यसैबीच कार्यक्रम समापनका अवसरमा एशियन कंग्रेश अफ न्यूरोलोजिकल सर्जनका अध्यक्ष प्रा.डा.योको काटो, एसियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटीका अध्यक्ष डा.हिरा बुर्हान, नोबेल न्यूरो बिभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.आईप चेरियन लगायतले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको नोबेलमा हरेक वर्ष न्यूरो सम्बन्धि अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्